Rumpum Advertisement

कोरोना संक्रमित वृद्धको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना संक्रमित वृद्धको विराटनगरमा मृत्यु

विराटनगर, २७ असोज । कोरोना संक्रमित एक वृद्ध पुरुषको उपचारका क्रममा विराटनगरमा मंगलबार बिहान मृत्यु भएको छ ।

७१ वर्षीय मृतक मोरङको बूढीगंगा गाउँपालिका–५ का हुन् । विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको ज्यान गयो ।

वृद्धमा गत शनिबार कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बस्नेतले बताए ।

वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए । स्वास्थ्य अवस्था जटिल बनेर गएपछि थप उपचारका लागि सोमबार साँझबाट भेन्टिलेटरमा राखिएको भए पनि बचाउन नसकिएको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ