Rumpum Advertisement

सुन्दरहरैँचाका संक्रमितको विराटमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सुन्दरहरैँचाका संक्रमितको विराटमा मृत्यु

विराटनगर, २७ असोज । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका कोरोना भाइरस संक्रमित ४३ वर्षीय पुरुषको मंगलबार बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८ः१० बजेतिर मृत्यु भएको हो । अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार श्वासप्रश्वासमा समस्या भएकोभन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएपछि थप उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा सारिए पनि संक्रमित पुरुषलाई बचाउन नसकिएको देवको भनाइ छ । उनका अनुसार बेहोस अवस्थाका पुरुषको होस नखुल्दै मृत्यु भएको हो ।

मृतकमा स्वास्थ्य सम्बन्धी पुरानो समस्या भए/नभएको बारेमा अस्पतालले केही जानकारी गराएको छैन ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ