Rumpum Advertisement

अमेरिकामा न्यायाधीश प्रस्ताव गरिएकी ब्यारेटको संसदीय सुनुवाई

Neuro Revised Adv
Koshi Dashain ad
अमेरिकामा न्यायाधीश प्रस्ताव गरिएकी ब्यारेटको संसदीय सुनुवाई

विराटनगर, २७ असोज । अमेरिकाको सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्तावमा परेकी एमी कोनी ब्यारेटले संसदीय सुनुवाई सुरु भएको छ ।

सर्वोच्चमा खाली रहेको पदमा उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेका हुन् । सुनुवाईको सुरुवातमै निष्पक्ष रुपमा कानुनको सेवा र मुद्दाको सुनुवाई गर्ने बताउँदै न्यायाधीश ब्यारेटले राष्ट्रपतिले सर्वोच्चमा प्रस्ताव गरेर आफूलाई सम्मान गरेको बताइन् ।

सुनुवाईको क्रममा न्यायाधीश ब्यारेटले भनिन्, ‘म न्यायाधीश रुथ बेडर गिन्सबर्गको सिट पूरा गर्न मनोनित भएकी छु, तर कसैले कहिल्यै पनि उहाँको ठाउँ लिन सक्ने छैन । म जहिले पनि उहाँले बनाएको मार्ग र उहाँले निर्देशिक गरेको जीवनका लागि आभारी रहने छु ।’

सुनुवाई अति विवादास्पद र आक्रामक रुपमा सुरु भएको थियो । आगामी नोभेम्बारमा चुनाव हुन लागेको अवस्थामा चुनावको मुखैमा खाली भएको न्यायाधीश पदका लागि ब्यारेटको मनोनयनले अमेरिकामा गम्भीर राजनीतिक संघर्ष सुरु गरेको छ ।

सिनेटमा सामान्य बहुत रहेका रिपब्लिकनले नोभेम्बर ३ मा हुने चुनाव पूर्व नै सुनुवाई प्रक्रिया पूरा गर्ने प्रयास गरिरहेका छन् । राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन् ।

सिनेटले ब्यारेटको नाम अनुमोदन गरेमा हालै ८७ वर्षको उमेरमा निधन भएकी लिबरल न्यायाधीश रुथ बेडर गिन्सबर्गको ठाउँ उनले लिने छिन् । ट्रम्पले गएको सेप्टेम्बर २६ मा ह्वाइट हाउसमा विशेष कार्यक्रम गरेर एमी कोनी ब्यारेटको नाम प्रस्ताव गरेका थिए ।

कानुन अनुसार अमेरिकामा सर्वोच्च अदालतका ९ न्यायाधीशले जीवनभर सेवा गर्न पाउँछन् । उनीहरुले स्वेच्छिक अवकास लिने मात्रै विकल्प छ । सर्वोच्चका न्यायाधीशको फैसलाले बन्दुक, मताधिकार, गर्भपतन, चुनावी अभियानको खर्चसहित सम्पूर्ण सार्वजनिक नीतिमा प्रभाव पार्छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ