Rumpum Advertisement

अपांगता रोकथाम गर्न तीन मोडालिटीमा काम

Neuro Revised Adv
Koshi Dashain ad
अपांगता रोकथाम गर्न तीन मोडालिटीमा काम

विराटनगर, २६ असोज । प्रदेश १ सरकारले अपांगता रोकथाम तथा पुर्नस्थापनाका लागि तीनवटा मोडालिटीमा काम गरिरहेको छ ।

अपांगता भएका व्यक्ति जन्मनै नदिने, जन्मिए स्वास्थ्य अवस्था पहिचान गर्ने र व्यवस्थापन गर्ने मोडालिटीमा काम भइरहेको हो । अपांगताको दर घटाउने गरी स्थानीय तहमा सञ्चालित अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रमको अनलाइनमार्फत गरिएको वार्षिक समीक्षा कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले कार्यक्रमको परिणाम आउन थालेपछि घर–घरमा खुशी छाउने दाबी गरे ।

उनले भने,‘ घर–घर, समाज र प्रदेशमा खुशी छाउने छ ।’ अपांगता भएका व्यक्तिहरु जन्मनै नदिने, अहिले अपांगता भएका व्यक्तिको पुर्नस्थापना गरी जीवन शैलीलाई सहज बनाइने उनले बताए । स्थानीय तह र साझेदार संस्थाहरुसँग मिलेर काम भइरहेको मन्त्री घिमिरेले बताए ।

प्रदेश १ सरकारले चालु आर्थिक वर्षभित्रमा प्रदेशका ६९ वटा स्थानीय तहमा अपांगता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम सञ्चालन गरेको छ । पहिलो चरणमा २७ वटा स्थानीय तहबाट कार्यक्रम सुरु भएको थियो ।

मातृशिशु तथा बाल स्वास्थ्य र पोषण सेवामा सबै समूहको पहुँच तथा उपभोग वृद्धि गर्ने, अपांगता भएका व्यक्तिहरु र उनीहरुका परिवारको जीवनको गुणस्तरमा सुधार ल्याउने र सम्बन्धित स्थानीय तहका सेवा प्रदायक संस्थाहरुको सुदृढीकरणमा सहयोग गर्ने उद्देश्यसहित सामाजिक विकास मन्त्रालयले करुणा फाउण्डेसन नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश १ मा २० प्रतिशतले जन्मदोष दर र ४० प्रतिशतले जन्मपश्चात हुने अपांगताको दर घट्ने दीर्घकालिन परिणामसहित कार्यक्रम सुरु गरिएको करुणा फाउण्डेसन नेपालका सहनिर्देशक योगेन्द्र गिरीले जानकारी दिए । उनका अनुसार मातृमृत्यु दर प्रति लाख जीवित जन्ममा २३९ बाट ९९ र नवजात शिशु मृत्यु दरप्रति हजार जीवित जन्ममा २१ बाट १४ हुनेछ ।

कार्यक्रम सञ्चालन गर्ने सबै स्थानीय तहले प्रदेश सरकारको सहयोगमा अपांगता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमलाई निरन्तरता दिने बताइएको छ । कार्यक्रम अवधिभित्र स्थानीय तहभित्र रहेका सबै सार्वजनिक भौतिक संरचनाहरु सबैका लागि पहुँचयुक्त हुने लक्ष्यका साथ कार्यक्रम सञ्चालित रहेको गिरीले बताए ।

कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ