Rumpum Advertisement

आत्मनिर्भरतातर्फको अध्ययन तीव्र

Neuro Revised Adv
Koshi Dashain ad
आत्मनिर्भरतातर्फको अध्ययन तीव्र

विराटनगर, २७ असोज । निश्चित वस्तु उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने र अर्थतन्त्रमा समेत योगदान पु¥याउने गरी सरकारले लक्षित गरेको आत्मनिर्भर हुनसक्ने उत्पादनसम्बन्धी वस्तु अध्ययनले पछिल्लो समय तीव्रता पाएको छ ।

गत आर्थिक वर्ष २०७६÷७७ को बजेट वक्तव्यमै कम्तीमा दुई दर्जन वस्तुमा आत्मनिर्भर हुने र त्यसका लागि अध्ययन गर्ने लक्ष्य राखिए पनि उल्लेख्य उपलब्धि हासिल हुन सकेको थिएन तर यस वर्ष भने उद्योग मन्त्रालय र उद्योग विभागले सक्रियता देखाएका हुन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका अनुसार मन्त्रालयले आत्मनिर्भर हुनसक्ने सम्भावित ३० वस्तुको सूची तयार पारेको छ । यो सूचीका वस्तुलाई क्रमिक रूपले अध्ययन गरेर आत्मनिर्भर हुन आवश्यक नीति तथा कार्यनीति तय हुने छन् ।

कुन वस्तुमा पूर्ण आत्मनिर्भर हुने हो र त्यसका लागि के कस्ता नीति अवलम्बन गर्नुपर्छ भन्ने स्पष्ट मार्गचित्र हामी बनाउन खोज्दै छौँ, उनले भने , “सोही मार्गचित्रका आधारमा मुलुकमा आत्मनिर्भर वस्तुको सङ्ख्या थपिँदै जानेछ । ”

मन्त्रालय मातहतको उद्योग विभागले पनि यसका लागि सक्रियता देखाइरहेको छ । सम्भावित वस्तुको सूची हुँदैमा आत्मनिर्भर भएको भन्ने अवस्था नहुने भएकाले विभागले प्रत्येक वस्तुको खपत बजार, उत्पादन गर्ने उद्योग, तिनको उत्पादन क्षमता, कच्चा पदार्थको उपलब्धतालगायतका विषयमा अध्ययन गर्ने गरेको छ । विभागले हालसम्म सिमेन्ट र डण्डीको अध्ययन सकेर आत्मनिर्भर भइसकेका वस्तुका रूपमा तिनलाई समावेश गरिसकेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ