Rumpum Advertisement

सीमाबाट आवतजावतमा कडाइ कायमै

Neuro Revised Adv
Koshi Dashain ad
सीमाबाट आवतजावतमा कडाइ कायमै

विराटनगर, २७ असोज । कोरोना भाइरसको संक्रमण नियन्त्रणमा कठिनाई भइरहेको छ ।

भारतसँगको सीमा नाकामा गत चैतबाट आवतजावतमा रोक लगाइएको छ । तर पनि लुकिछिपी आउनेहरुको कमी छैन । यसैबीच भारतसँगको सीमा नाकाबाट आवतजावतमा कात्तिक मसान्तसम्मका लागि कडाइ कायमै रहने निर्णय मन्त्रिपरिषद्को गरेको छ ।

बैठकले नेपाल–भारत सीमा भएर हुने आवतजावतमा लगाइएको कडाइलाई लम्ब्याएको हो । भारतमा दिनदिनै कोरोना संक्रमित बढिरहेको र नेपालमा पनि कोरोना संक्रमण बढिरहेकाले भारतसँगको नाकामा कडाइको अवस्था कायमै राखिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

ुभारतबाट आएका व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिएकाले कडाइ गर्ने निर्णय भएको हो । कोरोना संक्रमण बढिरहेकै कारण अन्तर्राष्ट्रिय उडानको अहिलेको कोटा प्रणालीलाई कायमै राख्ने निर्णय पनि भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा कडाइ गरेर आन्तरिक यातायात र व्यवसाय सञ्चालनलाई भने केही खुकुलो पार्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले दसैं र तिहारलाई मध्यनजर गर्दै लामो दूरीका यातायातका साधनमा सिट क्षमताअनुसार नै यात्रु राख्नपाउने निर्णय पनि गरेको छ । यसअघि सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु राख्न पाउने निर्णय भएको थियो । आजका पत्रपत्रिकामा समाचार छन्

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ