Rumpum Advertisement

विश्वकप छनौट : अर्जेन्टिना र बोलिभिया भिड्दै, ब्राजिल र उरुग्वे पनि प्रतिस्पर्धामा

Neuro Ad
विश्वकप छनौट : अर्जेन्टिना र बोलिभिया भिड्दै, ब्राजिल र उरुग्वे पनि प्रतिस्पर्धामा

विराटनगर, २७ असोज । सन् २०२२ मा हुने फिफा विश्वकपको छनौटअन्तर्गत अर्जेन्टिनाले बोलिभियासँग खेल्दैछ । विश्वकपको दक्षिण अमेरिकी छनौटअन्तगर्त हुने यो खेल नेपाली समयानुसार आज राति १ः४५ बजेबाट हुनेछ ।

बोलिभियाको मैदानमा हुने यस खेलमा अर्जेन्टिना दोस्रो जितको खोजीमा छ । यसअघि उसले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै ३ अंक जोडेको थियो ।

बोलिभिया भने पहिलो जितको खोजीमा छ । यसअघि ऊ ब्राजिलसँग ५–० गोलले पराजित भएको थियो ।

यस्तै बिहान २ः४५ बजे हुने अर्को खेलमा इक्वाडर र उरुग्वेले खेल्दैछन् । इक्वाडरको मैदानमा हुने यस खेलमा उरुग्वे दोस्रो तथा इक्वाडर पहिलो जितको खोजीमा हुनेछ ।

बिहान ३ः४५ बजे भेनेज्वेला र पाराग्वेले खेल्नेछन् भने बिहान ५ः४५ बजे ब्राजिलले पेरुसँग खेल्नेछ । यस्तै बिहान ६ः१५ बजे चिली र कोलम्बिया आमने–सामने हुनेछन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ