Rumpum Advertisement

ललिता निवास जग्गा प्रकरण, प्रतिवादीलाई विनातारेखमा रिहा गर्न आदेश

Neuro Revised Adv
Koshi Dashain ad
ललिता निवास जग्गा प्रकरण, प्रतिवादीलाई विनातारेखमा रिहा गर्न आदेश

विराटनगर, २७ असोज । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा उपस्थित भएका सात जनालाई विनातारेख रिहा गर्ने आदेश दिएको छ ।

विशेषका न्यायाधीश शिवराज अधिकारी र बालेन्द रूपाखेतीको इजलासले सोमबार ७ आरोपीलाई तारेखमा समेत नराख्ने गरी रिहा गर्न आदेश जारी गरेको हो । तारेखमा नराख्ने गरी रिहा हुनेमा शर्मिला शाक्य (बज्राचार्य), रेणुका बज्राचार्य, प्रविन ताम्राकार, अच्युतराज राज श्रेष्ठ, सरिता मानन्धर (श्रेष्ठ), सध्या शाक्य र गीता खनाल छन् ।

अख्तियारले उनीहरूको नाममा रहेको ललिता निवास जग्गालाई जफत प्रयोजनका लागि विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । सार्वजनिक जग्गा व्यक्तिको बनाएर भ्रष्टाचार गरेको प्रकरणमा हालसम्म ४५ जनाभन्दा बढी आरोपित अदालतमा हाजिर भइसकेका छन् ।

ललिता निवासको सो जग्गा उनीहरूले विभिन्न व्यक्तिसँग किनेका थिए । नक्कली मोही दर्ता गरेर सो जग्गा लाखौं मूल्यमा किनबेच भएको थियो । सरकारले अधिग्रहण गरेको ललिता निवासको २८४ रोपनी जग्गामध्ये १ सय १२ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता गरी हिनामिना गरिएको निष्कर्षसहितको छानबिन प्रतिवेदन एक सरकारी समितिले दिएपछि थप अनुसन्धान गर्न सरकारले संवैधानिक आयोग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलाई निर्देशन दिएको थियो । आजको राजधानी दैनिकमा समाचार छ

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ