Rumpum Advertisement

डी ब्रुयन बेल्जियमको टोलीबाहिर

Neuro Revised Adv
Koshi Dashain ad
डी ब्रुयन बेल्जियमको टोलीबाहिर

विराटनगर, २७ असोज । बेल्जियमका मिडफिल्डर केभिन डी ब्रुयन इंग्ल्याण्ड फर्किएका छन् । यूईएफए नेशन्स लिग खेल्ने बेल्जियमको टोलीबाट बाहिरिएसँगै उनी म्यानचेस्टर सिटी फर्किएका हुन् ।

चोटका कारण २९ वर्षीय मिडफिल्डर डी ब्रुयनेले आइसल्याण्डसँगको खेल गुमाउने भएका हुन् । बेल्जियमले बुधबार नेशन्स लिगअन्तर्गत समूह चरणको खेलमा आइसल्याण्डसँग खेल्दैछ ।

आइतबार भएको इंग्ल्याण्डसँगको खेलमा उनी घाइते भएका थिए । इंग्ल्याण्डसँग २–१ गोलले पराजित भएको उक्त खेलको ७३औं मिनेटमा उनले चोट बोकेका थिए ।

बेल्जियमले सामाजिक सञ्जाल ट्वीटरमा केभिन म्यानेस्टर सिटी फर्किएको जनाएको छ । ‘केभिन आफ्नो क्लब फर्किएका छन् । आइसल्याण्डसँगको खेलका लागि उनी फिट छैनन्’, क्लबले लेखेको छ ।

यता, उनले प्रिमियर लिगतर्फ पनि आर्सनलको खेल गुमाउन सक्ने देखिएको छ । सिटीले शनिबार आर्सनलसँग खेल्दैछ ।