Rumpum Advertisement

‘मोटरेबल’ सडक बनाउँदै सेना

Neuro Revised Adv
Koshi Dashain ad
‘मोटरेबल’ सडक बनाउँदै सेना

विराटनगर, २७ असोज । महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ ।

८७ किलोमिटर लम्बाइको यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्र्याक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो ।

निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको जानकारी दिए । सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यो वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने जानकारीसमेत उनले दिए । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोलेपछि नेपाली सेनाले स्थानीयलाई हस्तान्तरणसमेत गरिसकेको छ ।

घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वे लगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय प्राविधिक टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगी काम अगाडि बढाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ