Rumpum Advertisement

कोलकत्तामाथि सहज जित निकाल्दै बैंग्लोर तेस्रो स्थानमा

Neuro Revised Adv
Koshi Dashain ad
कोलकत्तामाथि सहज जित निकाल्दै बैंग्लोर तेस्रो स्थानमा

विराटनगर, २७ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा बैंग्लोरले कोलकत्ता नाइट राइडर्सलाई ८२ रनले हराएको हो ।

शारजाह क्रिकेट रंगशालामा जितका लागि बैंग्लोरले दिएको १९५ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ११२ रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि शुभ्नम गिलले सर्वाधिक धेरै ३४ रन बनाए । यस्तै आन्द्रे रुसेल र राहुल त्रिपाठीले १६–१६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । कप्तान दिनेश कार्तिक १ रनमै पेभिलियन फर्किए ।

कोलकत्तालाई सस्तैमा समेट्न बैंग्लोरका क्रिस मोरिस र वासिंग्टन सुन्दरले समान २–२ विकेट लिँदा नभदीप सैनी, मोहमम्मद सिराज, युज्भेन्द्र चाहाल र इसुरु उदानाले समान १–१ विकेट झारे ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा २ विकेट गुमाउँदै १९४ रन बनाएको थियो । बैंग्लोरका एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

३३ बल खेलेको उनले ६ छक्का र ५ चौकाको सहायतामा ७३ रन जोडे ।

यस्तै आरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले अजिवित ३३ रन जोडे । देवदत्त पाडिक्कलले ३२ रन जोडे ।

कोलकत्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रुसेलले समान १–१ विकेट लिए ।

जितसँगै बैंग्लोर ७ खेलबाट १० अंक जोड्दै बैंग्लोर तेस्रो स्थानमा उक्लियो । कोलकत्ता भने ८ अंकसहित चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ