Rumpum Advertisement

अमेरिकामा संक्रमित संख्या ८० लाख नाघ्यो

Neuro Revised Adv
Koshi Dashain ad
अमेरिकामा संक्रमित संख्या ८० लाख नाघ्यो

विराटनगर, २७ असोज । विश्वमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको संख्या ८० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टाभित्र ४५ हजार एक सय ९५ नयाँ बिरामी थपिएपछि विश्वकै शक्तिसाली भनेर आफूलाई दाबी गर्ने मुलुक अमेरिकामा संक्रमित संख्या ८० लाख ३७ हजार एक सय ९३ पुगेको हो । वाल्डो मिटरका अनुसार दुई लाख २० हजार १० कोरोना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन तीन सय १५ जनाले ज्यान गुमाए ।

संक्रमितमध्ये ५१ लाख ७७ हजार दुई सय ८८ जना उपचारपछि घर फर्किएका छन् । २६ लाख ३९ हजार आठ सय ९५ जना उपचाररत रहेकोमा १४ हजार आठ सय ७० जनाको अवस्था गम्भीर छ ।

कोरोनाका कारण प्रभावितमध्ये दोस्रो नम्बरमा रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार तीन सय ४५ पुगेको छ । पछिल्लो समय संक्रमण दर निक्कै उच्च रहेको भारतमा एकै दिन ५४ हजार ४५ नयाँ संक्रमित थपिए ।

संक्रमण पुष्टि भएकामध्ये एक लाख नौ हजार आठ सय ९४ जनाको मृत्यु भइसक्यो । २४ घण्टाभित्रमा सात सय १० जनाले ज्यान गुमाए । संक्रमितमध्ये ६२ लाख २४ हजार छ सय २१ जनाको उपचार सम्भव भएको छ । आठ लाख ३८ हजार आठ सय ३० जना उपचाररत रहेकोमा आठ हजार नो सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा संक्रमित संख्या ५१ लाख तीन हजार चार सय आठ पुगेको छ । कोरोनाबाट प्रभावितमध्ये विश्वमै तेस्रो नम्बरमा रहेको ब्राजिलमा दैनिक संक्रमण दर कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा आठ हजार चार सय २९ जना मात्रै नयाँ बिरामी थपिए ।

हालसम्म एक लाख ५० हजार सात सय नौ संक्रमितको मृत्यु भइसकेको छ । संक्रमण पुष्टि भएकामध्ये ४४ लाख ९५ हजार दुई सय ६९ जना उपचारपछि डिस्चार्ज भएका छन् । चार लाख ५७ हजार चार सय ३० जना उपचाररत रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८० लाख २८ हजार चार सय ३० जना पुगेको छ । एकै दिन दुई लाख ७१ हजार नौ सय ९५ नयाँ बिरामी थपिए । संक्रमण पुष्टि भएकामध्ये १० लाख ८५ हजार ९१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टाभित्र तीन हजार छ सय ९६ जनाको ज्यान गयो ।

संक्रमितमध्ये दुई करोड ८५ लाख ८० हजार चार सय ४५ जना उपचारपछि घर फर्किएका छन् । ८३ लाख ६२ हजार आठ सय ९४ जना उपचाररत रहेकोमा ६९ हजार ७३ जनाको अवस्था गम्भीर छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ