Rumpum Advertisement

बैंग्लोरले कोलकत्तालाई दियो १९५ रनको लक्ष्य

Neuro Ad
बैंग्लोरले कोलकत्तालाई दियो १९५ रनको लक्ष्य

विराटनगर, २६ असोज । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले र कोलकत्ता नाइट राइडर्सलाई जितका लागि १९५ रनको लक्ष्य दिएको छ ।

शारजाह क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको बैंग्लोरले निर्धारित २० ओभर खेल्दा २ विकेट गुमाउँदै १९४ रन बनायो । बैंग्लोरका एबी डी भिलियर्सले अर्धशतकीय इनिङ्स खेले ।

३३ बल खेलेकाे उनले ६ छक्का र ५ चाैकाकाे सहायतामा ७३ रन जोडे ।

यस्तै आरोन फिन्चले ४७ रन बनाउँदा कप्तान विराट कोहलीले अजिवित ३३ रन जोडे । देवदत्त पाडिक्कलले ३२ रन जोडे ।

कोलकत्ताका प्रसिद्ध कृष्ण र आन्द्रे रुसेलले समान १-१ विकेट लिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ