Rumpum Advertisement

जहाज थपेर निगमलाई नाफामा लैजान्छु : नवनियुक्त महाप्रबन्धक पौडेल

Neuro Revised Adv
Koshi Dashain ad
जहाज थपेर निगमलाई नाफामा लैजान्छु : नवनियुक्त महाप्रबन्धक पौडेल

काठमाडाैं, २६ असाेज । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का नवनियुक्त महाप्रवन्धक डिमप्रसाद पौडेलले जहाज थपेर निगमलाई नाफामा लैजाने बताएका छन् । सोमबार आफ्नो पदभार ग्रहण गर्दै महाप्रबन्धक पाैडलेले यस्ताे बताएका हुन् ।

मन्त्रिपरिषदको गत बिहीबारको बैठकले पौडेललाई ४ वर्षको लागि महाप्रबन्धक पदमा नियुक्त गरेको थियो । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उनी यसअघि निगम सञ्चालक समितिको सदस्य थिए ।

नवनियुक्त महाप्रवन्धक पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गरे ।

निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गरे ।