Rumpum Advertisement

इमर्जेन्सीबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

Neuro Revised Adv
Koshi Dashain ad
इमर्जेन्सीबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडाैं, २६ असाेज । काठमाडौंँ उपत्यकाका अस्पताललाई इमर्जेन्सीबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना संक्रमितको संख्या बढिरहेका समयमा मन्त्रालयले इमर्जेन्सीबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको हो ।

यस किसिमको व्यवस्था भएमा कोरोनाका बिरामीलाई केही हदसम्म भए पनि सघन उपचार कक्ष र भेन्टिलेटर बेड पाइने मन्त्रालयले जनाएकाे छ ।

काठमाडौँ उपत्यकामा ३०० शय्याको सरुवा रोग अस्पताल निर्माणका लागि भवन तथा जग्गा खोज्ने कार्यको सुरुआत भएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ