Rumpum Advertisement

बीपी प्रतिष्ठानको ओपिडीमा अनलाइन टिकेटिङ सेवा

Neuro Revised Adv
Koshi Dashain ad
बीपी प्रतिष्ठानको ओपिडीमा अनलाइन टिकेटिङ सेवा

धरान, २६ असाेज । सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवालाई व्यवस्थित बनाउनका लागि सोमबारदेखि अनलाइनबाट टिकेटिङ सेवा सुरु हुने भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले एक सूचना जारी गर्दै प्रतिष्ठानको ओपिडीमा भीड बढेको र कोरोना सङ्क्रमणको जोखिम बढेकोले आजदेखि अनलाइनबाट बिरामीले आफ्नो नाम दर्ता गर्नुपर्ने जनाएको छ ।

जसको लागि एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर बीपीकेआइएचएस एप डाउनलोड गरेर आफ्नो व्यक्तिगत विवरण भर्नुपर्ने हुन्छ । आफूलाई चाहिएको विभागमा गई टिकट दर्ता गर्ने र खल्ती र इ-सेवा वा आइएमइ पेबाट तोकिएको रकम तिर्नुपर्नेछ ।

बिहान ८ः०० बजे भन्दा अगाडि अनलाइन टिकट काटेमा सोही दिन र सो समय पछि दर्ता गरेमा अर्को दिनका लागि दर्ता हुने बिरामीले सम्बन्धित विभागको ओपिडीभित्रकै दर्ता काउन्टरबाट आफ्नो ओपिडी कार्ड लिई सम्बन्धित चिकित्सककोमा जानुपर्ने हुन्छ ।

हाल दैनिक नियमित ओपिडीको लागि मात्र यो सुविधा उपलब्ध हुनेछ । हरेक विभागको ओपिडीका कार्य गर्ने सहयोगी कर्मचारीहरूले बिरामी दर्ता काउन्टरबाट अनलाइन दर्ता भएको बिरामीको ओपिडी कार्ड सोही दिन ९ बजे भित्र संकलन गरी लैजानुपर्ने हुनाले सो अनुसार गर्न सूचनामा उल्लेख गरिएको छ ।