Rumpum Advertisement

मेस्सी पैसा छाप्ने मेशिन

Neuro Revised Adv
Koshi Dashain ad
मेस्सी पैसा छाप्ने मेशिन

विराटनगर, २६ असोज । ला लिगाका अध्यक्ष जाभियर टेबास अर्जेन्टिनी स्टार लियोनल मेस्सीले बार्सिलोना नछोडेकोमा खुशी छन् । बार्सिलोना छोड्ने मनसाय बनाए पनि मेस्सीले यो ट्रान्सफर विन्डोमा ला लिगा नछोडेकोमा टेबास खुशी भएका हुन् ।

क्याप नोउ छोड्ने मन हुँदाहुँदै पनि मेस्सीलाई बार्सिलोनामै बस्न बाध्य पारिएको बताइन्छ । सर्वाधिक छ पटकका बालोन डी‘ओर विजेता मेस्सी बार्सिलोनामै बस्नु ला लिगा ब्राण्डका लागि सुखद समाचार नै हो । यस्तैमा ला लिगाका अध्यक्ष टेबासले मेस्सी पैसा छाप्ने मेशिन भएको प्रतिक्रिया दिएका छन् ।

मेस्सी बार्सिलोनामै बस्ने कुराले आफू खुशी भएको जनाउँदै टेबासले भने, ‘म मेस्सीलाई स्पेनमै खेलेको हेर्न मन पराउँछु’, इटालियन मिडिया ला गजेट्टा डेल्लो स्पोर्ट्स’सँगको कुराकानीमा टेबासले भने, ‘मेस्सी एक पैसा छाप्ने मेशिन हुन् ।’

‘हामी केही वर्षअघिबाट क्रिस्टियानो रोनाल्डो र मेस्सीको बहिर्गमनपछिको तयारी गरिरहेका छौं ता कि ला लिगा त्यसको प्रभावत नपरोस्’, टेबासले भने, ‘तथापि, मेस्सीको बहिर्गमन हाम्रो लागि ठूलो हानी हुनसक्छ । हामीले आगामी चार सिजनका लागि ला लिगाको अधिकार विश्वमाझ बेचिसकेका छौं, यदि, मेस्सी पनि निस्किए भने बर्बाद हुनेछ ।’