Rumpum Advertisement

मनाङ मात्र कोरोनामुक्त जिल्ला

Neuro Revised Adv
Koshi Dashain ad
मनाङ मात्र कोरोनामुक्त जिल्ला

विराटनगर, २६ असाेज । नेपालभर तीब्र रूपमा कोरोना भाइरसकाे संक्रमण फैलँदाे अवस्थामा छ । मुलुकभरका ७६ वटा जिल्लामा संक्रमित रहँदा मनाङमा मात्र सक्रिय संक्रमित छैनन् ।

पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका नौ जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, चितवन, रुपन्देही, काठमाडौँ, ललितपुर र भक्तपुर छन् । देशभर सङ्क्रमितमध्ये २७९ जना सघन उपचार कक्ष र ६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ८८० पुगेको छ ।

उनीहरुमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना छन् । यस्तै देशभर कुल सङ्क्रमितको सङ्ख्या एक लाख ११ हजार ८०२ पुगेको छ । क्वारेन्टिनमा रहनेहरू चार हजार ८३१ छन् ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ५३० जनाको पीसीआर परीक्षण भएकाे छ ।

पछिल्लो समय एक हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल सङ्ख्या ७७ हजार २७७ पुगेको छ । भाइरसबाट निको हुने दर ६९ दशमलव १ प्रतिशत छ ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप दुई हजार २८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तिनमध्ये काठमाडाैंमा एक हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

पछिल्लो समय नौ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ । यससँगै आजसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६४५ पुगेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ