Rumpum Advertisement

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गर्ने सरकारको तयारी

Neuro Revised Adv
Koshi Dashain ad
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना गर्ने सरकारको तयारी

काठमाडाैं, २६ असाेज । सरकारले राजमार्गका दस अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ ।

सरकारले सात प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती अस्पतालमा रु एक करोडका दरले रु १४ करोड हस्तान्तरण गरिसकिएको छ ।