Rumpum Advertisement

बंगलादेशले पारित गर्‍यो बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक

Neuro Ad
बंगलादेशले पारित गर्‍यो बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक

विराटनगर, २६ असोज । बंगलादेशले बलात्कारीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको छ । सोमबारको मन्त्रिपरिषद्को बैठकले मृत्युदण्ड विधेयक पारित गरेको बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले बताए ।

बलात्कारको मुद्दामा आन्दोलन चर्किएपछि बंगलादेशले बलात्कारीलाइए मृत्युदण्ड दिन सकिनेगरी कानून संशोधन गरेको हो ।

यसैगरी सो बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको बताइएको छ । सो विधेयकअनुसार बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड वा कठोर जन्मकैदको फैसला सुनाइनेछ ।

मंगलबार नयाँ व्यवस्था लागू गर्न राष्ट्रपतिबाट घोषणा हुनसक्ने बंगलादेशका कानून तथा न्यायमन्त्री अनिसुल हकले बताए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ