Rumpum Advertisement

प्रदेशमा थपिए ४५२ संक्रमित, मोरङमा २४२

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेशमा थपिए ४५२ संक्रमित, मोरङमा २४२

विराटनगर, २६ असोज । प्रदेश १ मा थप ४५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४२, सुनसरीमा १८४, झापामा ८, इलाममा २, धनकुटा, खोटाङ, उदयपुर र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका जिल्लाका १२ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङका २४२ मध्ये विराटनगरमा १९० जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ८९ महिला र १०१ पुरुष छन् ।

मोरङको बेलबारीमा १६, बुढीगंगामा ११, सुन्दहरै+चामा ४, रतुवामाई र धनपालथानमा ३–३, मिक्लाजुङ र कटहरीमा २–२, सुनवर्षी, ग्रामथान र जहदामा १–१ र स्थानीय तह नखुलेका ८ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८६, इटहरीमा ६८, बराहक्षेत्रमा १८, दुहवीमा ३, इनरुवा र गढीमा २–२, कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

झापाको दमक र भद्रपुरमा ३–३, अर्जुनधारा र स्थानीय तह नखुलेका १–१, इलामको फाकफोकथुम र स्थानीय तह नखुलेका १–१, खोटाङको साकेलामा १, उदयपुरको चौदण्डीगढीमा १, धनकुटामा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका १२ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार ७५१ पुगेको छ ।

प्रदेश १ मा आज ४४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेशनबाट ४०, विराट मेडिकल कलेजबाट २ र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ४ हजार ८५५ पुगेको छ ।