Rumpum Advertisement

गाउँ-गाउँमा पुगेर कोरोना परीक्षण गर्ने नोबेलको योजना

Neuro Revised Adv
Koshi Dashain ad
गाउँ-गाउँमा पुगेर कोरोना परीक्षण गर्ने नोबेलको योजना

विराटनगर, २६ असोज । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ-गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । नोबेलले अब सरकारी मापदण्ड अपनाउँदै गाउँँ–गाउँमा पुगेर स्वाब लिने व्यवस्था मिलाएको हो ।

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार अस्पतालमा धेरै मान्छे भेला भएर स्वाब दिँदा संक्रमण फैलने सम्भावना बढी भएकाले आवश्यकताअनुसार ठाउँ–ठाउँमा पुगेर स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको हो ।

‘हामीले स्वाब संकलनका लागि विशेषज्ञको बेग्लै टिमसहितको गाडी परिचालन गरेका छौं,’ उनले भने, ‘आवश्यकता र मागअनुसार गाउँ घर अथवा कार्यालयमै पुगेर स्वाब लिने व्यवस्था मिलाएका छौ ।’

पालिका तथा वडाका जनप्रतिनिधिहरुले घुम्ती स्वाब संकलनका लागि आग्रह गरेकाले पनि यस्तो सुविधा उपलब्ध गराइएको डा.नेपाल बताउँछन् ।

गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्दा अतिरिक्त शुल्क नलाग्ने अस्पतालले जनाएको छ ।