Rumpum Advertisement

सरकारले सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने

Neuro Revised Adv
Koshi Dashain ad
सरकारले सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने

काठमाडाैं, २६ असाेज । सरकारले काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पतालहरूलाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

तत्कालीन अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रुपान्तरण गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले आकस्मिक बाहेकका अपरेशन नगर्दा संक्रमित बिरामीलाई आइसीयू बेड र भेन्टिलेटर बेड उपलब्ध हुनेगरी व्यवस्थापन गर्न सकिने बताए ।

कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालहरूमा स्वास्थ्य सेवा विभागले आइसीयू, भेन्टिलेटर र अख्सिजनलगायतका सामग्री उपत्यका केन्द्रित गरी व्यवस्थापन गर्न पनि निर्देशन दिइएको उनले बताए ।

यस्तै कार्यालय समय र दिन घटाएर काममा लगाउन र व्यापार व्यवसायको मोडालिटी परिवर्तन गर्न पनि उनले आग्रह गरे ।

यसैगरी अस्पतालहरूले विभिन्न होटलहरूसँग मिलेर आइसोलेशन केन्द्र सञ्चालन गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।

मन्त्रालयको स्वीकृति लिएर अस्पतालहरूले होटलहरूलाई आइसोलेशन सेन्टरका रूपमा सञ्चालन गर्न पाउनेछन् । यद्यपि, त्यहाँ संक्रमितबाहेकका अन्य सर्वसाधारण राख्न भने पाइने छैन ।
 

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ