Rumpum Advertisement

गुगलमा रशिद खानकी श्रीमती सर्च गर्दा आउँछ अनुष्का शर्माको नाम

Neuro Revised Adv
Koshi Dashain ad
गुगलमा रशिद खानकी श्रीमती सर्च गर्दा आउँछ अनुष्का शर्माको नाम

विराटनगर, २६ असोज । बलिउड अभिनेत्री अनुष्का शर्मा भारतीय क्रिकेट टिम र रोयल च्यालेन्जर्स बैंगलोरका कप्तान विराट कोहलीकी पत्नि हुन् ।

तर, गुगलमा अफगानिस्तानका क्रिकेटर रशिद खानको श्रीमतीको नाम सर्च गर्दा अभिनेत्री अनुष्का शर्माको नाम देखापर्छ ।

गुगलमा रशिद खानको श्रीमतीको नाम सर्च गर्दा सर्च बारले अनुष्का शर्माको नाम देखाउँछ र त्यसपछि रशिद खानको छोटो जानकारी देखा पर्छ ।

सन् २०१८ मा रशिदले इन्स्टाग्राममा फ्यानसँग अन्तर्क्रिया गर्ने क्रममा एक फ्यानले मनपर्ने बलिउड अभिनेत्रीको नाम सोधेका थिए ।

जवाफमा उनले अनुष्का शर्मा र प्रिती जिन्टाको नाम बताएका थिए । यो जवाफपछि मिडियाहरूले रशिद खानको मनपर्ने अभिनेत्री अनुष्का शर्मा भन्दै समाचार र ट्रेन्ड नै बन्यो ।

जबदेखि अनुष्का रशिद खानको मनपर्ने अभिनेत्रीको रूपमा हेडलाइन्स बनिरहेको छ, गुगलले अनुष्का शर्मालाई रशीद खानकी पत्निको रूपमा देखाउँदै आएको छ ।

२२ वर्षीय अफगानिस्तानी स्पिनर अविवाहित छन् । उनले अफगानिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेट जिताएपछि मात्रै विवाहको बारेमा सोच्ने एक अन्तर्वार्तामा बताएका थिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ