Rumpum Advertisement

नेयमार, मेस्सी र रोनाल्डोभन्दा कम उमेरमा हालाण्डको ह्याट्रिक

Neuro Revised Adv
Koshi Dashain ad
नेयमार, मेस्सी र रोनाल्डोभन्दा कम उमेरमा हालाण्डको ह्याट्रिक

विराटनगर, २६ असोज । नर्वेका स्ट्राइकर इयर्लिङ ब्राउल्ट हालाण्ड स्टार खेलाडीत्रय नेयमार, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडी बनेका छन् ।

उनको ह्याट्रिकमा नर्वेले यूईएफए नेशन्स लिगमा शानदार जित निकालेको थियो । आइतबार राति भएको खेलमा नर्वेले रोमानियामाथि ४–० गोलको शानदार जित निकालेको हो ।

नर्वेको मैदानमा भएको खेलमा हालाण्डले ह्याट्रिक गरे । हालाण्डको यो पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक हो । यस्तै एलेक्जेन्डर सोर्लथले एक थोल गरे ।

खेलको १३औं मिनेटमा हालाण्डले गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए । यस्तै खेलको ६४औं मिनेटमा र ७४औं मिनेटमा गोल गर्दै हालाण्डले देशका लागि पहिलो ह्याट्रिक गरे ।

यससँगै उनी स्टार खेलाडीत्रय नेयमार, मेस्सी र रोनाल्डोभन्दा कम उमेरमा अन्तर्राष्ट्रिय ह्याट्रिक गर्ने खेलाडी बनेका हुन् ।

नेयमारले २० वर्ष २१८ दिनमा चीनसँगको खेलमा पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरेका थिए । नेयमारले १० सेप्टेम्बर २०१२ मा ब्राजिलका लागि ह्याट्रिक गरेका थिए ।

यस्तै अर्जेन्टिनी स्टार मेस्सीले २९ फेब्रुअरी २०१२ मा पहिलो ह्याट्रिक गरेका थिए । स्वीट्जरल्याण्डसँगको खेलमा मेस्सीले २४ वर्ष २५० दिनको दिन ह्याट्रिक गरेका थिए ।

पोर्चुगलका रोनाल्डोले भने २८ वर्ष २१३ दिनको दिन नर्थन आयरल्याण्डसँगको खेलमा पहिलो अन्तर्राष्ट्रिय ह्याट्रिक गरे । ६ सेप्टेम्बर २०१३ मा रोनाल्डोले पोर्चुगलका लागि पहिलो ह्याट्रिक गरेका हुन् ।