Rumpum Advertisement

धादिङका कोरोना संक्रमित युवकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
धादिङका कोरोना संक्रमित युवकको मृत्यु

धादिङ, २६ असोज । कोरोना भाइरस संक्रमणका कारण धादिङबेंसीका एक युवकको मृत्यु भएको छ ।

निमोनियाको उपचारका लागि सुमेरु अस्पतालमा भर्ना भएका नीलकण्ठ नगरपालिका–३ का २२ वर्षीय युवकको यही असोज २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएका युवकको आज बिहान मृत्यु भएको धादिङ स्वास्थ्य कार्यालयले जनाएको छ ।

यससँगै धादिङका सातजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ