Rumpum Advertisement

चीनमा पाँच दिनभित्र ९० लाखभन्दा धेरैको कोरोना परीक्षण

Neuro Revised Adv
Koshi Dashain ad
चीनमा पाँच दिनभित्र ९० लाखभन्दा धेरैको कोरोना परीक्षण

बेइजिङ, २६ असोज । चीनको पूर्वी तटीय शहर क्विन्डाओमा छ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि पाँच दिनभित्र शहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गरिने भएकाे छ ।

केही महिनाभित्रै पूरै शहरका बासिन्दाको परीक्षण गरिएको यो पहिलोपटक हो । आइतबार क्विन्डाओमा छ जनामा कोरोना पुष्टि भएको थियो । यस शहरमा ९४ लाखको बसोबास छ ।

पाँच वटा जिल्लामा तीन दिनभित्र परीक्षण गरिने र पूरै शहर पाँच दिनभित्र परीक्षण गरिने क्विन्डाओ नगरका स्वास्थ्य अधिकारीले बताएका छन् । तर ती अधिकारीले शहरका कति मानिसको परीक्षण हुनेछ भन्ने खुलाएका छैनन् ।

चीनमा व्यापक र तीब्र परीक्षण गर्ने क्षमता छ । स्वास्थ्य आयोगले १ लाख ४० हजारभन्दा बढी स्वास्थ्यकर्मी, नयाँ भर्ना भएका बिरामी र सुरक्षाकर्मीको परीक्षण गरिसकेको जनाएको छ ।

गत जुन महिनामा बेइजिङको ठूलो क्षेत्रमा व्यापक परीक्षण गरिएको थियो । खाद्य बजारमा केही व्यक्तिमा कोरोना देखिएसँगै करिब २ करोडभन्दा बढी जनसंख्या रहेको बेइजिङका हटस्पटमा परीक्षण गरिएको थियो ।

विश्वका विभिन्न क्षेत्रमा सरकारहरूले लकडाउन गरे पनि कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । तर, चीनको वुहानमा पहिलोपटक देखिएको कोरोना चीनले नियन्त्रणमा ल्याइसकेको बताएको छ ।

चीनले कोरोना नियन्त्रणका लागि कडा लकडाउन जारी गर्नुका साथै कोरोना परीक्षणलाई व्यापक बनाएको थियो । जसका कारण विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमाथि दबाब उत्पन्न भएको थियो तर अहिले चीनले आर्थिक गतिविधिलाई पुनः पहिलेकै अवस्थामा पुर्याउन लागिसकेको छ । रासस

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ