Rumpum Advertisement

कोरोना भाइरसबाट अविवाहित पुरुषको मृत्यु हुने जोखिम धेरै : अध्ययन

Neuro Revised Adv
Koshi Dashain ad
कोरोना भाइरसबाट अविवाहित पुरुषको मृत्यु हुने जोखिम धेरै : अध्ययन

विराटनगर, २६ असोज । जोडी भएका मानिसको तुलनामा अविवाहित पुरुष कोरोना भाइरसबाट मृत्यु हुने खतरा अधिक भएको अध्ययनले देखाएको छ ।

स्विडेनको स्टकहोम युनिभर्सिटीका शोधकर्ताहरूले विवाह नभएको पुरुषका साथै, कम आय, कम शिक्षाको स्तर, र कम वा मध्यम आय भएका देशहरूमा जन्मनु कोभिडबाट मर्ने जोखिमसँग सम्बन्धित रहेको चेतावनी दिएका छन् । अध्ययनका लेखक स्वेन ड्रेफ्टहालले यी सबै कारकहरू व्यक्तिगतरूपमा कोभिड १९ बाट मृत्यु हुने जोखिमको साथ जोडिएको बताएका छन् ।

स्विडिस नेशनल बोर्ड अफ हेल्थ एन्ड वेलफेयरले गरेको अध्ययन स्विडेनमा दर्ता भएका २० वर्ष वा सोभन्दा बढी उमेरका मृतकहरूको तथ्यांकमा आधारित छ । नेसन्स कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित अध्ययनमा कोभिड १९ बाट मृत्युको खतरा महिलाभन्दा पुरुषमा दोब्बरभन्दा बढी भएको उल्लेख गरिएको छ ।

साथै, अविवाहित पुरुष वा महिला (विवाह नै नभएका, विवाह भएर सम्बन्धविच्छेद गरेका, विधवा, विदुरलगायत)मा कोभिड १९ बाट मृत्युको खतरा विवाहितहरूमा भन्दा डेढदेखि दुई गुणा बढी हुने पत्ता लगाएको हो । थोरै शिक्षा वा कम आय भएका व्यक्तिमा धेरै हदसम्म जीवनशैलीका कारण मृत्युदर उच्च हुने बताइएको छ ।

पहिलेका धेरै अध्ययनले समेत एकल र अविवाहित व्यक्तिको विभिन्न रोगबाट बढी मृत्यु हुने कुरा देखाएका थिए । –टाइम्स अफ इन्डियाबाट

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ