Rumpum Advertisement

काठमाडौं उपत्यकामा एकै दिन २२ सय ८३ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
काठमाडौं उपत्यकामा एकै दिन २२ सय ८३ संक्रमित थपिए

काठमाडौं, २६ असोज । काठमाडौं उपत्यकामा सोमबार थप २२ सय ८३जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२ सय ८३ जना संक्रमित भेटिएको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज थपिएका संक्रमितहरू काठमाडौंका १८ सय ८८ जना, भक्तपुरका ११८ जना र ललितपुरका २७७ जना रहेका छन् ।

सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

सोमबार थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा थप ९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६४५ पुगेकाे छ ।