Rumpum Advertisement

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

Neuro Revised Adv
Koshi Dashain ad
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६४५ पुग्यो

विराटनगर, २६ असोज । नेपालमा आज थप ९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङका क्रममा आज थप ९ जनाले कोरोनाबाट ज्यान गुमाएको जानकारी दिएको छ ।

यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ ।

सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

सोमबार थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ