Rumpum Advertisement

आज चार हजार ४७ संक्रमित थपिए

Neuro Revised Adv
Koshi Dashain ad
आज चार हजार ४७ संक्रमित थपिए

विराटनगर, २६ असोज । नेपालमा सोमबार थप चार हजार ४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४ हजार ५३० जनाको परीक्षणमा थप चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि जानकारी दिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

सोमबार थप १४ सय ७३ जना कोरोना संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् । यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लाे २४ घण्टामा थप ९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६४५ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ