Rumpum Advertisement

सोमबार थप १४ सय ७३ जना कोरोनामुक्त

Neuro Revised Adv
Koshi Dashain ad
सोमबार थप १४ सय ७३ जना कोरोनामुक्त

विराटनगर, २६ असोज । नेपालमा सोमबार थप १४ सय ७३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भइ डिस्चार्ज भएका छन् ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १४ सय ७३ जना कोरोनामुक्त भएको जानकारी दिएको छ ।

यससँगै कोरोना जित्नेको संख्या ७७ हजार २७७ पुगेको छ । कुल संक्रमितमध्ये ६९.१ प्रतिशतले कोरोना जितेकाे मन्त्रालयले जनाएकाे छ ।

सोमबार थप ४ हजार ४७ जनामा कोरोना पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । कुल संक्रमितध्ये सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ ।

पछिल्लाे २४ घण्टामा थप ९ जनाकाे मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या ६४५ पुगेकाे छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ