Rumpum Advertisement

क्यानको साधारण सभा स्थगित

Neuro Revised Adv
Koshi Dashain ad
क्यानको साधारण सभा स्थगित

काठमाडौं, २६ असोज । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगन भएको छ । सोमबार विज्ञप्ति जारी गर्दै क्यानले असोज २८ र २९ गते बस्ने भनिएको साधारण सभा स्थगित भएकाे जनाएकाे हो ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेललाई कोरोना संक्रमण भएको तथा पूर्णरुपमा निको नभइसकेका कारण स्थगित भएको हो ।

सोमबार मात्र अध्यक्ष चन्द र महासचिव प्याकुरेललाई कोरोना संक्रमणका कारण अस्पताल भर्ना गरिएको क्यानले जानकारी गराएको थियो । त्यसको केही समयलगत्तै साधारणसभाको मिति सर्नेबारे जानकारी दिएको हो ।

शीर्ष पधाधिकारीहरूनै कोरोना संक्रमित भएको र भर्चुअल बैठकसमेत गर्न कठिन हुने भन्दै क्यानले वार्षिक साधारण सभा स्थगित गरेको हो ।

क्यानका कोषाध्यक्ष रोशनबहादुर सिंहले साधारणसभा स्थगित भएको जानकारी आईसीसीलाई पनि दिइसकेका बताए ।