Rumpum Advertisement

नहरमा डुबेर एकको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
नहरमा डुबेर एकको मृत्यु

सिरहा, २६ असोज । सिरहाको कर्जनहा नगरपालिकास्थित कमला नहरमा डुबेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ निवासी ३५ वर्षीय कासिम सदा रहेको प्रहरीले जनाएको छ ।

घर नजिकैको कमला नहरमा नुहाउन गएका सदा आइतबार साँझ बेपत्ता भएका थिए । खोजतलासका क्रममा आज बिहान सदाको शव फेला परेको इलाका प्रहरी कार्यालय बन्दीपुरले जनाएको छ ।

सदाको शव नहरको उत्तरपट्टि बालुवामा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ