Rumpum Advertisement

ओजिललाई साउदी अरेबियन क्लबको प्रस्ताव

Neuro Revised Adv
Koshi Dashain ad
ओजिललाई साउदी अरेबियन क्लबको प्रस्ताव

विराटनगर, २६ असोज । आर्सनलका मिडफिल्डर मेसुट ओजिललाई साउदी अरेबियन क्लबले प्रस्ताव राखेको छ । प्रशिक्षक मिकेल अर्टेटासँगको सम्बन्धका कारण टोलीमा पर्न असफल जर्मन स्टार ओजिललाई साउदी अरेबियन क्लब अल नासरले प्रस्ताव गरेको हो ।

‘टीवाई स्पोर्ट्स’को रिपोर्टअनुसार ओजिललाई अल नासरले ५ मिलियन युरोको प्रस्ताव गरेको हो । ३१ वर्षीय ओजिल र आर्सनलबीचको सम्झौता जुन २०२१ मा सकिँदैछ ।

तर, प्रशिक्षकसँगको सम्बन्धका कारण ओजिल आर्सनलको युरोपा लिग खेल्ने २५ सदस्यीय टोलीमा पर्न असफल भए । अघिल्लाे सिजनमा १८ खेल खेल्दा एक गोल गरेका उनले नयाँ सिजनमा भने माैका पाएका छैनन् ।

आर्सनलले यस सिजन प्रिमियर लिगमा ४ खेल खेलिसकेकाे छ ।

सन् २०१३ मा रियल मड्रिड छोडेर लण्डन क्लब आएका उनीसँग साउदीको क्लब अल नासर दुई वर्षको सम्झौता गर्न तयार भएको छ ।

विश्वकप विजेता ओजिलले २५४ खेल खेल्दा ४४ गोल र ७७ असिस्ट गरेका छन् । उनले चार पटक एफए कपको उपाधि जितेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ