Rumpum Advertisement

कर्मचारी संक्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द

Neuro Revised Adv
Koshi Dashain ad
कर्मचारी संक्रमित भएपछि स्वास्थ्य केन्द्रको सेवा बन्द

इटहरी, २६ असोज । बराहक्षेत्र नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र चतराको सम्पूर्ण सेवा बन्द गरिएको छ ।

तीन महिला कर्मचारीसहित पाँचजनालाई कोरोना संक्रमण देखिएपछि स्वास्थ्य केन्द्रको सेवा आइतबारदेखि बन्द गरिएको हो ।

शुक्रबार छजनाको स्वाब संकलन गरेर पीसीआर गरिएकामध्ये तीनजना कर्मचारीलाई पोजेटिभ देखिएको स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल गिरीले जानकारी दिए । अर्काे सूचना जारी नभएसम्मका लागि सेवा बन्द गरिएको डा. गिरीले जानकारी दिए ।

सो स्वास्थ्य केन्द्रबाट बराहक्षेत्र, उदयपुरका बेलका नगरपालिका, धनकुटाको शहीदभूमि गाउँपालिका र भोजपुरको हतुवागढी गाउँपालिकाका केही क्षेत्रका जनताले सेवा लिँदै आएका थिए ।