Rumpum Advertisement

सामान्य खोकी वा कोभिडको कारणले हुने खोकी यसरी छुट्याउनुहोस्

Neuro Revised Adv
Koshi Dashain ad
सामान्य खोकी वा कोभिडको कारणले हुने खोकी यसरी छुट्याउनुहोस्

विराटनगर, २६ असोज । कोभिड संक्रमितको संख्या बढ्दै जाँदा, यसका लक्षणहरूको सूची पनि बढ्ने क्रम जारी रहेको छ ।

मौसम परिवर्तन हुने क्रम रहेकाले बेला सामान्य रघाखोकी, ज्वरोका बिरामी बढ्ने भएकाले कोभिड १९ ले देखाउने अनौंठो लक्षणका बारेमा सतर्क रहनुपर्छ ।

अधिकांश मानिस सामान्य खोकी र कोभिडले निम्त्याउने खोकीलाई छुट्याउन सकिरहेका हुँदैनन् । जसकरण मानिसमा सामान्य खोकी लागे पनि कोरोनाको त्रास बढिरहेको छ ।

खोकी, कुनै श्वासप्रश्वासको रोग वा चिसोका कारण हुने सबैभन्दा सामान्य लक्षणमध्ये एक हो । साथै, खोकी लाग्नु पनि कोरोनाको संकेत हुन सक्छ । त्यसैले, कोभिडका कारण लागेको खोकीमा कस्तो महसुस हुन्छ भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।

अध्ययनले देखाएअनुसार कोरोना भाइरसको हल्का अवस्था भएका मानिसमा बेग्लै किसिमको खोकी पहिचान भएको छ ।

सुख्खा खोकी, लगातार खोकी लाग्ने तथा कडा खोकीका कारण स्वरमा आएको परिवर्तन धेरै बिरामीहरूमा कोरोना भाइरसको प्रारम्भिक लक्षणमध्ये एक हो ।

निरन्तर सुख्खा खोकी लाग्दा कुनै कफ उत्पादन हुँदैन, जसकारण घाँटीमा कफ जमेको जस्तो महसुस हुँदैन । कोभिडका कारण लागेको खोकीले अक्सर सास फेर्न गाह्रो हुने हुन्छ र यो ज्वरो र थकानसहित कोरोना भाइरसका अन्य लक्षणको साथ देखा पर्छ ।

तर, केही अवस्थामा लगातार सुख्खा खोकी कोभिड संक्रमणको एकमात्र लक्षण हुन सक्छ । लगातार सुख्खा खोकी र आवाजमा परिवर्तन देखिए यो कोभिडको संकेत हुन सक्छ । तीनदेखि चार दिनभन्दा बढी खोकी रहेमा, ज्वरो, थकान वा सास फेर्नसहित रोगका अन्य लक्षण विकास भए चिकित्साको सल्लाह लिनु पर्ने हुन्छ ।

प्रतिक्रिया

  1. PCR test garauda positive report Ayo. 2 -3 din dekhi sukha khoki lagi ra Cha aailay home coraintine ma Chau.
    Aru k e samasya xhaina khoki matra lagyeko Cha

Comments are closed.