Rumpum Advertisement

आफ्नो ‘आइडल’ रोनाल्डोसँग खेल्दा एम्बाप्पेको अनभूति

Neuro Revised Adv
Koshi Dashain ad
आफ्नो ‘आइडल’ रोनाल्डोसँग खेल्दा एम्बाप्पेको अनभूति

विराटनगर, २६ असोज । फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले आफ्ना ‘आइडल’ क्रिस्टियानो रोनाल्डोविरुद्ध मैदान उत्रिएका थिए । यूईएफएअन्तर्गत आइतबार राति भएको पोर्चुगलसँगको खेलमा एम्बाप्पे रोनाल्डोविरुद्ध मैदान उत्रदा फ्रान्स र पाेर्चुगलले गोलविहीन हुँदै १–१ अंक बाँडे ।

सो खेलका क्रममा मैदानमा एम्बाप्पे र रोनाल्डो एक–अर्कासँग गफ गर्दै र हाँस्दै देखिएका थिए ।

यी दुईबीचकाे यो पहिलो भेट भने होइन । यसअघि २०१८ मा च्याम्पियन्स लिगमा यी दुईबीचको भेट भएको थियो । च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन (पीएसजी) र रियल मड्रिडले खेल्दा यी दुईबीच अन्तिम पटक भेट भएको थियो ।

र, दुई वर्षपछि उनीहरूले मैदानमा एक-अर्काबीच प्रतिस्पर्धा गरे । एम्बाप्पेले धेरै समयअघिदेखि नै रोनाल्डो आफ्नो आइडल रहेको कुरा बताउँदै आएका छन् । गए रातिको खेलपछि पनि एम्बाप्पेले सामाजिक सञ्जाल इन्स्टाग्राममा ‘मेरा आइडल’ भन्दै रोनाल्डोसँगको फोटो पोस्ट गरेका छन् ।

साथै एम्बाप्पेले रोनाल्डोलाई ‘किङ’ अर्थात् राजाको संकेत गरेका छन् । एम्बाप्पेको पोस्टमा रोनाल्डोले प्रतिक्रिया दिएका छन् ।

आइतबार खेलअघि कुरा गर्दै फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले पनि रोनाल्डोसँग एम्बाप्पेको तुलना हुन नसक्ने बताएका थिए ।

‘रोनाल्डो एम्बाप्पेका आइडल हुन् । तर, मेरो विचारमा रोनाल्डो धेरै युवा फुटबलरहरूका आइडल हुन् । रोनाल्डो र एम्बाप्पेलाई तुलना गर्न कठिन छ । रोनाल्डोले धेरै वर्षअघिदेखि उच्चस्तरमा खेल्दै आइरहेका छन् । उनीहरू उस्तै उमेरका होइनन्,’ उनले भने ।

https://www.instagram.com/p/CGN-liblmjv/?utm_source=ig_web_copy_link

प्रतिक्रिया

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ