Rumpum Advertisement

विराटनगरका आँखा अस्पताल सुनसान

Neuro Revised Adv
Koshi Dashain ad
विराटनगरका आँखा अस्पताल सुनसान

विराटनगर, २६ असोज । कोरोना महामारीकाबीच विराटनगरका अस्पतालमा उपचारका लागि चाप बढिरहँदा आँखा अस्पताल भने चहलपहल न्यून छ ।

भारतीय बिरामीको बाक्लो उपस्थिति हुने आँखा अस्पतालहरुमा सात महिनायता चहलपल न्यून भएको हो ।

कोरोना महामारीका कारण नेपाल–भारत सिमाना बन्द भएपछि भारतीय बिरामीको चाप हुने अस्पताल सुनसान बनेका हुन् ।

विराटनगरमा भारतीय आँखाका बिरामीको भरमा सञ्चालन भइरहेका अस्पताल ६ वटा छन् । विराटनगरको रानीमा रहेको विराटनगर आँखा अस्पतालमा सामान्य अवस्थामा १५ सयभन्दा बढी बिरामीले दैनिक उपचार सेवा लिँदै आएका थिए । कोरोना महाव्याधी सुरु भएसँगै बिरामीको संख्या एक सय ५० पुग्न पनि हम्मेहम्मे पर्ने गरेको छ ।

गत साउन महिनाबाट नेपालका बिरामी अलिअलि आउन थालेको विराटनगर आँखा अस्पतालका आँखा स्वास्थ्य कार्यकर्ता समिर चौधरीले बताए । पछिल्लो सयम भने एक सयदेखि एक सय ५० सम्म बिरामी पुग्ने गरेको उनले बताए ।

सामान्य अवस्थामा एक हजार पाँच सयसम्म बिरामी आउने गरेको उनले बताए । त्यसरी आउने बिरामीमा अधिकांश भारतीय हुने गरेको उनले बताए । कोरोना महाव्याधिसँगै अस्पतालमा बिरामीको चाप ९० प्रतिशतले घटेको छ ।

भारतीय बिरामी भित्र्याएर विराटनगरको आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग पुर्‍याइरहेका अस्पताल बिरामी नहुँदा कठिन अवस्थामा पुगेका छन् ।

महामारीसँगै अस्पतालहरुमा विगत सात महिनादेखि बिरामीको चाप अत्यन्तै न्यून बनेको छ ।

अस्पतालको आडमा व्यवसाय गर्नेहरु पनि विस्थपित हुने अवस्थामा पुगेको बताउन थालेका छन् । भारतीय बिरामी अस्पताल नआउँदा व्यापार व्यवसाय हुन छाडेको विराटनगर आँखा अस्पतालअगाडि व्यवसाय गर्ने नहकुल थापाले बताए ।

‘अहिले भारतीय बिरामी आएका छैनन् । यताका ३०/४० जना बिरामी आउने हुन्,’ उनले भने, ‘भारतीय बिरामीको भरमा व्यापार हुने हो । उनीहरु नआएपछि पसल खोल्ने र धुप बाल्ने काम मात्र हुन्छ । त्यही धुपको खर्च पनि आउँदैन ।’

बिरामीको संख्या घटेपछि प्रशासन खर्च धान्न कठिनाई हुने थालेको रामलाल गोल्छा आँखा अस्पतालका वरिष्ठ लेखापाल गंगाबहादुर बस्नेतले बताए ।

सामान्य अवस्थमा अस्पतालमा दैनिक दुई सय ५० सम्म बिरामी पुग्ने गरेको उनले बताए । केही दिनयता भने पुगनपुग सयजना बिरामी आउने गरेको उनले बताए ।