Rumpum Advertisement

प्रदेश १ मा १०७ संक्रमितको मृत्यु, २९ जना विराटनगरका

Neuro Revised Adv
Koshi Dashain ad
प्रदेश १ मा १०७ संक्रमितको मृत्यु, २९ जना विराटनगरका

विराटनगर, २६ असोज । कोरोना संक्रमणका कारण प्रदेश १ मा १०७ जनाको मृत्यु भएको छ । थप चारजनाको मृत्यु भएसँगै प्रदेश १ मा सोमबार दिउँसोसम्म मृत्यु हुने एक सय ७ पुगेको हो । जसमा २८ महिला र ७९ जना पुरुष छन् ।

मृत्यु हुनेमा प्रदेश १ स्थायी ठेगाना भएका ९२ र प्रदेश १ बाहिरका १५ जना रहेको सामाजिक विकास मन्त्रालयको कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विशालले जानकारी दिए ।

प्रदेश १ को मोरङका ४६, सुनसरीका ३३, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका एक–एक जना संक्रमितको मृत्यु भएको उनको भनाइ छ । कोरोना संक्रमणका कारण ज्यान गुमाएकामध्ये २९ जना विराटनगरका हुन् ।

सोमबार बिहान मात्रै नोबेल अस्पताल विराटनगरमा संक्रमित एक वृद्धसहित दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबार राति एक वृद्ध पुरुष र अर्का पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । चार सय नौजना नयाँ बिरामी आइतबार थपिएपछि संक्रमित संख्या १० हजार तीन सय पुगेको हो ।

हालसम्म एक लाख ३७ हजार पाँच सय १७ जनाको पीसीआर परीक्षण गर्दा एक लाख २७ हजार दुई सय १७ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आठवटा प्रयोगशालाबाट कोरोना परीक्षण हुँदै आएको छ । कोरोना संक्रमण पुष्टि भएर प्रदेश १ का विभिन्न अस्पतालमा उपचाररतमध्ये चार हजार आठ सय १२ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ