Rumpum Advertisement

चीनमा पाँच दिनभित्र ९० लाखको परीक्षण गरिने

Neuro Revised Adv
Koshi Dashain ad
चीनमा पाँच दिनभित्र ९० लाखको परीक्षण गरिने

विराटनगर, २६ असोज । पाँच दिनको अवधिमा ९० लाख जनसंख्या भएको चीनको क्विंगदाओ शहरका सम्पूर्णको परीक्षण गरिने भएको छ ।

बीबीसीमा उल्लेख गरेअनुसार चीनको क्विंगदाओको नगरपालिका स्वास्थ्य आयोगका अनुसार एउटा शहरव्यापी परीक्षण कार्यक्रम सुरू गरिएको छ, जसमा ५ जिल्लाहरू तीन दिनभित्र र सम्पूर्ण शहर ५ दिनमा परीक्षण गर्न सकिन्छ । कोभिड बिरामीहरूको उपचार गर्ने अस्पतालसँग विदेशबाट आएका एक दर्जन संक्रमितहरू सम्बन्धित भएको फेला परेपछि यस्तो निर्णय लिइएको हो ।

छजना नयाँ संक्रमित र छवटा एसिम्प्टोम्याटिक केस पत्ता लगाइएको थियो जुन एकै अस्पतालसँग जोडिएको थियो । यसअघि मे महिनामा चीनले १० दिनमा १ करोड १० लाख जनसंख्यामा भएको वुहान शहरको परीक्षण गरेको बताइएको थियो । चीनले ठूलो मात्रामा भाइरसलाई नियन्त्रणमा ल्याएको छ ।

चीनमा दैनिक कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या घट्दै गएको छ । चीनमा हाल ८५ हजार ५ सय ७८ संक्रमितहरू छन् भने र मर्नेहरूको संख्या ४ हजार ६ सय ३४ रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ