Rumpum Advertisement

पैसाको नोट, फोनको स्क्रिन र स्टिलमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने

Neuro Revised Adv
Koshi Dashain ad
पैसाको नोट, फोनको स्क्रिन र स्टिलमा कोरोना भाइरस २८ दिनसम्म बाँच्न सक्ने

विराटनगर, २६ असोज । कोरोना भाइरस पैसाको नोट, फोनको स्क्रिन र स्टिलमा २८ दिनसम्म बाँच्न सक्ने अध्ययनले दाबी गरेका छन् ।

अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसन (सीएसआईआरओ)ले गरेको अध्ययनअनुसार कोरोना भाइरस बैंक नोट, स्टिल, प्लास्टिक र मोबाइल स्क्रिनमा २८ दिनसम्म चिसो तापक्रममा बाँच्न सक्ने देखिएको हो । भाइरस प्लास्टिकको नोटमा भन्दा कागजको नोटमा लामो समयसम्म रहन्छ ।

अनुसन्धाले २० डिग्री सेल्सियस तापक्रममा सार्स कोभ २ भाइरस २८ दिनसम्म सक्रिय रहने देखाएको हो । यस्ता सतहमा ‘इन्फ्लुएन्जा ए’ भाइरस भने १७ दिनसम्म बाँच्ने वैज्ञानिकहरु बताउँछन् । भाइरोलजी जर्नलमा प्रकाशित अध्ययनका लागि प्रयोगशालामा २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा राखेर परीक्षण गर्दा तापक्रम बढ्दै जाँदा भाइरसको जीवित रहने समय पनि घट्दै जान्छ ।

अध्ययनको परिणामले सार्स कोभ २ भाइरस लामो समयसम्म सतहहरूमा संक्रामक रहन सक्ने हुँदा नियमित हात धुने र सतहको सरसफाइमा ध्यान दिन अध्ययनकर्ताहरूले जोड दिएका छन् । यसअघि ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययनमा भने कोरोना भाइरस पैसाको नोट र सिसामा २ देखि तीनदिनसम्म र प्लास्टिक र स्टिलमा ६ दिनसम्म बाँच्न सक्ने बताइएको थियो ।