Rumpum Advertisement

पोखरामा कुकुरको बन्ध्याकरण गरिँदै

Neuro Revised Adv
Koshi Dashain ad
पोखरामा कुकुरको बन्ध्याकरण गरिँदै

पोखरा, २६ असोज । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) नेपालले पोखराका सडकका कुकुरको बन्ध्याकरण सुरु गरेको छ ।

कार्यक्रमअन्तर्गत दशैँ अघिसम्म न्यूनतम ३५ वटा कुकुरको बन्ध्याकरण गरिने हार्ट नेपालका संयोजक खगेश्वर शर्माले जानकारी दिए ।

हार्ट नेपालले पोखरामा रहेका सडकका कुकुरलाई हरेक वर्ष रेबिजविरुद्धको खोप लगाउँदै आएकोमा गत वर्ष खोप लगाउने क्रममा कोविड–१९ महामारीका कारण केही वडा छुटेका थिए । छुटेका वडामा गत हप्ता विश्व रेबिज दिवसको उपलक्ष्यमा खोप लगाइएको जानकारी दिँदै संयोजक खगेश्वर शर्माले उक्त क्रममा बन्ध्याकरण नभएका कुकुरको संख्या धेरै देखिएका कारण बन्ध्याकरण पनि गरिएको बताए ।

यसका लागि ल्याइने कुकुरमा मुख्यतः वडा नं १५ र १७ का रहेको जनाइएको छ । संस्थाले एक दशकयता पोखरा, भरतपुर लगायत नेपालका विभिन्न ठाउँमा पुगी २२ हजारभन्दा बढी कुकुरको बन्ध्याकरण गरिसकेको र पैतीस हजारभन्दा धेरै कुकुरलाई रेबिजविरुद्धको खोप लगाइसकेको हार्ट नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ