Rumpum Advertisement

इटहरीका ९० वर्षीय संक्रमितको विराटनगरमा मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
इटहरीका ९० वर्षीय संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर, २६ असोज । कोरोना संक्रमित सुनसरीको इटहरी–५ का ९० वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरमा सोमबार बिहान मृत्यु भएको छ ।

विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचाररत वृद्धको बिहान ९ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले बताए । स्वाबको पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई उपचारका लागि २३ गते नोबेल शिक्षण अस्पताल ल्याइएको थियो ।

उनलाई नोबेलकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको भए पनि बचाउन नसकिएको दाहालको भनाइ छ । आईसीयूमा उपचाररत वृद्धमा मधुमेह, दम, युरिक एसिडलगायतका पुरानै समस्या रहेको जानकारी उनले दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ