Rumpum Advertisement

होम आइसोलेसनमा बसेका धरानका संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
होम आइसोलेसनमा बसेका धरानका संक्रमितको मृत्यु

धरान, २६ असोज । धरान उपमहानगरपालिका वडा नं १५ मा होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । करिब ७० वर्षीय उनको आज बिहान घरमा नै मृत्यु भएको हो ।

उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उनी रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेसनमा बसेका थिए ।

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उनलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ ।

धरानमा एक पत्रकारसहित ८२ जनामा आज संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ