Rumpum Advertisement

रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु

रुपन्देही, २६ असोज । रुपन्देहीमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।

बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत ७९ वर्षीय पुरुषको आज बिहान ७ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी विष्णु गौतमले जानकारी दिए ।

यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि असोज २० गते कोरोना विशेष अस्पतालमा भर्ना भएका देवदह नगरपालिका–१० का संक्रमित पुरुषको भेन्टिलेटरको सहयोगमा उपचारका क्रममा मृत्यु भएको सूचना अधिकारी गौतमले बताए । योसँगै रुपन्देहीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ ।