Rumpum Advertisement

बीपीमा उपचाररत धरानका संक्रमित वृद्धको मृत्यु

Neuro Ad
बीपीमा उपचाररत धरानका संक्रमित वृद्धको मृत्यु

विराटनगर, २६ असोज । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जना कोरोना भाइरस संक्रमित वृद्ध पुरुषको आइतबार राति मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुषको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । वृद्धमा असोज २३ गते कोरोना पुष्टि भएपछि प्रतिष्ठानकै कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।

मृतकमा उच्च रक्तचापको पुरानै समस्या थियो । डा. श्रेष्ठले शवको व्यवस्थापन नियम अनुसार हुने जानकारी दिए ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ