Rumpum Advertisement

सुनसरीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
सुनसरीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु

विराटनगर, २६ असोज । सुनसरीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहानर्सिङ–१ स्थित राजमार्गमा प्रदेश २–०१–००१ प १६०७ नम्बरको मोटरसाइकलले पैदल यात्री ६५ वर्षीय सोकील मियाँलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ । आइतबार बिहान १० बजेतिर भएको दुर्घटनामा परेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै आइतबार दिउँसो ४ बजेतिर दुहबी कदमगाछीस्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले ठक्कर दिँदा को १७ प ६९८१ नम्बरको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक मोरङ सुन्दरहरैँचाका ७० वर्षीय कृष्ण दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्याङकरका चालक इलामका २४ वर्षीय निरस हुमागाईंलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

त्यस्तै राति १२ बजेतिर भोक्राहानरसिंह –१ खोनिया पुलस्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७/३८ वर्षीया महिला रहेकी छन् । ट्रकमै च्याप्पिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगरले तीनवटै दुर्घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ