Rumpum Advertisement

माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

Neuro Revised Adv
Koshi Dashain ad
माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

विराटनगर, २६ असोज । पाँचथर फिदिमका २४ वर्षीय शिव तुम्बाहाम्फोको झापास्थित आफन्तको घरमा आएका बेला करेन्ट लागेर मृत्यु भएको छ ।

तुम्बाहाम्फो झापा बिर्तामोडस्थित आफ्नो सानीआमाको घरमा केही दिन अगाडि आएका थिए । सानीआमाकै घरमा आएको बेला घर नजिकै रहेको नालामा उनी माछा मार्न गएका थिए ।

नालामा विद्युत प्रवाह गर्दै माछा मार्ने क्रममा उनलाई साँझ ६ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तुम्बाहाम्फोसँगै माछा मार्ने क्रममा स्थानीय हरिप्रसाद रिमाललाईसमेत करेन्ट लागेको थियो । घाइते अवस्थाका रिमालको भने बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ