Rumpum Advertisement

ब्राउन सुगरसहित दुई पक्राउ

Neuro Revised Adv
Koshi Dashain ad
ब्राउन सुगरसहित दुई पक्राउ

विराटनगर, २६ असोज । झापाको मेचीनगर नगरपालिका–७ का ३५ वर्षीय सुवास दर्जी र मेचीनगर –८ का सन्दीप राजवंशीलाई प्रहरीले लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ गरेको छ ।

आइतबार दिउँसो ४ बजेतिर उनीहरुलाई प्रहरीले मेचीनगर –७ इँटाभट्टा क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरुको साथबाट एक सय ५७ ग्राम ब्राउन सुगर बरामद भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीले उनीहरुविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन अनुसन्धान थालेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ